back
NMB ad

कस्तो छ त युनिलिभर नेपालको वित्तिय प्रगति ? हेर्नुहोस् कुन सूचक कस्ता

Kumari bank ad

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३४.८३ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत उत्पादन तथा बिक्रीबाट १ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यो त्रैमासम्म आइपुग्दा बढाएर २ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै, कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि २ करोड रुपैयाँबाट बढेर ४ करोड रुपैयाँ भएको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।

यसको रिटेन्ड अर्निङमा ३ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी १ हजार ७२ रुपैयाँबाट बढेर १ हजार ७२४ रुपैयाँ (वार्षिक) भएको छ ।

प्रतिसेयर नेटवर्थ पनि ३ हजार १०४ रुपैयाँबाट बढेर ४ हजार ३३७ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०८:३२ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...