काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
वि.सं.२०७९ मंसिर २ शुक्रवार ११:०५ मा प्रकाशित