काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ, तेजावी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोाबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर २ शुक्रवार ११:१३ मा प्रकाशित