काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य झिनो अंकले बढेको छ ।
साताको दोस्रो कारोबार दिन बैंकको सेयर मूल्य ०.११ प्रतिशत अर्थात प्रतिकित्ता १ रुपैंयाले बढेर ८८३ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको ८ करोड ४७ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ९५ हजार ८६४ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ मंसिर १९ सोमवार १५:४१ मा प्रकाशित