back
NMB ad

सुदूरपश्चिममा सरकार गठनका लागि केन्द्रीय समीकरण पर्खंदै दलहरू

Kumari bank ad

मोहन जोशी,धनगढी । निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासो बढ्न थालेको छ ।

निर्वाचनको परिणामअनुसार सुदूरपश्चिममा वर्तमान सत्तारुढ गठबन्धन स्पष्ट बहुमतमा छ । यदि केन्द्रमा यही गठबन्धन कायम रहेको अवस्थामा सुदूरपश्चिममा नेपाली कांग्रेस वा माओबादी केन्द्रको नेतृत्वमा सरकार बन्ने छ ।

तर केन्द्रीय सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट खाका नआइसकेको हुँदा सुदूरपश्चिममा मुख्यमन्त्री को बन्ने र कसको नेतृत्वमा सरकार बन्ने भन्नेबारेमा दलहरू अलमलमै छन् ।

‘केन्द्रीय राजनीतिको समीकण नबनी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुराको टुंगो लाग्ने देखिएको छैन,’ माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीले भने, ‘प्रदेशमा कांग्रेस र माओवादीको स्पष्ट बहुमत छ । यदि केन्द्रमा अहिलेकै सत्तागठबन्धन भए प्रदेशमा कांग्रेस वा माओवादीको नेतृत्वमा सरकार बन्न सक्दछ, त्यसबाहेक अहिले केही भन्न सकिने अवस्था हुँदैन ।’

नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायर पनि प्रदेशमा कसको सरकार बन्ने भन्ने कुरा केन्द्रको राजनीतिका आधारमा निक्र्योल हुने बताउँछन् । ‘प्रदेश सरकार निर्माण गर्ने अधिकारी प्रदेश सभा सदस्यलाई हुन्छ,’ बलायरले भने, ‘तर केन्द्रमा हुने राजनीतिक समीकरणले प्रदेशको राजनीति पनि प्रभावित हुने हुँदा अहिले नै कसको नेतृत्वमा सरकार बन्ने भन्ने बारेमा यसै भन्न सकिँदैन ।’

एमालेका प्रदेश सचिव धर्मराज पाठकले पनि प्रदेशमा कसको सरकार बन्ने भन्ने कुरा केन्द्रको राजनीतिसँग जोडिएको विषय भएको बताए । ‘केन्द्रमा अहिलेको सत्तारुढ दलसँग स्पष्ट बहुमत छैन,’ पाठकले भने, ‘जसकारण कसको नेतृत्वमा सरकार बन्ने भन्ने अनुमान गर्न पनि समस्या हुन सक्दछ, केन्द्र सरकार बन्ने खाकाले प्रदेश सरकार गठनको रेखा निर्धारण गर्दछ ।’

यस्तो छ प्रदेशको समीकरण

प्रदेश सभामा जम्मा ५३ सदस्य रहेकोमा सरकार गठनका लागि सत्तारुढ दलसँग स्पष्ट बहुमत छ । बहुमतको सरकार गठन गर्न २७ सदस्य संख्या चाहिन्छ । अहिलेकै सत्ता गठबन्धनसंग ३४ जना सदस्य छन् । त्यसैले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र नयाँ सरकार गठनको सवालमा कुरा उठ्न थालेको छ । नयाँ सरकार गठनका लागि गठबन्धनबीच छलफल नभए पनि गठबन्धन आवद्ध दलहरुभित्र आ–आफ्नै तवरले कुरा उठिरहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष चौधरी बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सभामा ६ राजनीतिक दलको प्रतिनिधित्व भएको छ । एकजना प्रदेश सभा सदस्य स्वतन्त्रबाट निर्वाचित भएका छन् । गठबन्धन आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको प्रदेश सभामा उपस्थिति भएको छ । तीनै दलभित्र मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा प्रदेश सभा सदस्य प्रकाश देउवा र दिवानसिंह विष्टलाई मुख्यमन्त्रीको बलिया दावेदारका रुपमा हेरिएको छ । देउवा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भतिजा हुन् ।

माओवादी केन्द्रबाट मुख्यमन्त्रीको बलियो दाबेदार खगराज भट्ट हुन् । उनले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिसकेका छन् । निर्वाचन अगाडि डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पनि चुनाव जितेमा भट्ट मुख्यमन्त्री बन्न सक्ने संकेत गरेका थिए । त्यसैले पनि सुदूरपश्चिम प्रदेशमा माओवादीका प्रदेश इन्चार्ज भट्टलाई मुख्यमन्त्रीको प्रबल दाबेदार मानिएको छ । यस्तै, एकीकृत समाजवादीबाट दीर्घ सोडारी मुख्यमन्त्रीको दाबेदार छन् । सोडारी अहिले प्रदेश सरकारमै बहालवाला मन्त्री हुन ।
प्रदेश सभामा कांग्रेसबाट १९, माओवादी केन्द्रबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात, एकीकृत समाजवादी पार्टीबाट चार, राप्रपाबाट एक प्रदेश सभा सदस्यको प्रतिनिधित्व भएको छ । एकजना स्वतन्त्रको पनि प्रतिनिधित्व रहेको छ ।

गठबन्धनसँग बहुमत पु¥याउने संख्याभन्दा बढी प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनमा गठबन्धनले अरु दललाई मिलाउन नचाहेमा पनि सरकार सजिलै बन्नेछ । यदि, त्यसैमा नागरिक उन्मुक्ति पार्टीलाई मिलाइएमा गठबन्धनसँग सदस्य संख्या ४१ पुग्नेछ । गठबन्धनबाहेकका दलले भने मिलेर प्रदेश सरकार बनाउन सक्ने सम्भावना छैन ।

एमाले आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक दौडमा

प्रदेशमा एमाले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेको देखिन्छ । तर एमाले, नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र मिलेर १९ सिट मात्रै पुग्नेछ । गठबन्धन भत्काएर एमालेले माओवादीलाई यता ल्याउन सकेमा चार दल र एक स्वतन्त्र मिलेर वा राप्रपा र स्वतन्त्रलाई बाहिर राखेर प्रदेश सरकार बनाउन सकिने विकल्प देखिन्छ । चार दल र एक स्वतन्त्र मिलेमा संख्या ३० पुग्नेछ । राप्रपा र स्वतन्त्रलाई बाहिर राखेर एमाले, माओवादी, नागरिक उन्मुक्ति मिलेमा संख्या २८ पुग्नेछ । जुन बहुमतको सरकार गठन गर्न पुग्नेछ ।

एमाले प्रदेश सचिव तथा समानुपातिक प्रदेश सभा सदस्यका लागि छनोट सूचीमा परेका धर्मराज पाठकले पनि प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुरा अहिले नै टुंगो नलाग्ने बताए । सत्तारुढ गठबन्धनले केन्द्रमा स्पष्ट बहुमत नपाएका कारण अहिले नै केन्द्रको राजनीति कस्तो हुन्छ भन्ने तय नभइसकेको पाठकले बताए ।

उनले केन्द्रीय राजनीतिक परिवेशका आधारमा प्रदेशमा एमाले, नागरिक उन्मुक्तिलगायत अन्य दलको सहभागितामा सरकार बन्न सक्नेतर्फ पनि संकेत गरे । ‘अहिले समानुपातिक सदस्यको अन्तिम टुंगो लागिसकेको छैन,’ पाठकले भने, ‘त्यसैले सरकार तत्काल बन्ने देखिँदैन, तर राजनीति सम्भावनाको खेल भएका कारण सरल बाटोमा भने जाने देखिँदैन ।’ एमालेबाट मुख्यमन्त्रीका लागि समानुपातिक सूचीमा परेका धर्मराज पाठक, डोटीका चक्रबहादुर मल्ल मुख्यमन्त्रीका आकांक्षी छन् ।

वि.सं.२०७९ मंसिर २८ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...