काठमाडौं । यति बेला विभिन्न दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२६ रुपैंयाले बढेर २ हजार ४८६ रुपैंया २० पैसा कायम भएको छ ।
त्यसैगरी, इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैंया ६० पैसाले बढेर २३७ रुपैंया ६० पैसा कायम भएको छ ।
वि.सं.२०७९ मंसिर २८ बुधवार १३:१३ मा प्रकाशित