काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर छ । आज सुनचाँदी आईतबार कै मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ पुस ४ सोमवार १०:४५ मा प्रकाशित