काठमाडौं । सानिमा बैंकको सञ्चालकबाट भरत कुमार पोखरेल र महेश घिमिरेको कार्यकाल सकिए लगत्तै नयाँ सञ्चालकमा रमेश कुमार पोखरेल र आशुतोष घिमिरे निर्वाचित भएका छन् ।
बैंकको पुष ३ गते सम्पन्न साधारण सभाले नयाँ सञ्चालक निर्वाचित गरेको हो । साथै साधारण सभाले बैंकको बाह्य लेखापरिक्षकमा पि.के.एफ. टि. आर उपाध्याय एण्ड सि.ओ. चाटर्ड एकाउन्टेनलाई नियुक्त गरेको छ ।
वि.सं.२०७९ पुस ४ सोमवार ११:०३ मा प्रकाशित