काठमाडौं । बुधबार नबील बैंकको सेयर झिनो अंकले बढेको छ ।
साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य ०.८८ प्रतिशत अर्थात प्रतिकित्ता ७ रुपैंयाले बढेर ८०७ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ३ करोड ९५ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ४८ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ पुस ६ बुधवार १५:३१ मा प्रकाशित