काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोल्टी होटल लिमिटेडको मूल्य समायोजन गरेको छ ।
कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २१५ रूपैयाँ २५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २२६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ पुस ६ बुधवार १५:५५ मा प्रकाशित