काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक वाणिज्य बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज सेन्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो ।
सेन्चुरी बैंक लिमिटेडको पुस २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम बैंक सेयर कारोबार पुस २६ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७९ पुस २५ सोमवार १८:२७ मा प्रकाशित