काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले नयाँ संचालक समितीको सदस्य एवं अध्यक्ष चयन गरेको छ । बैंकको पुस २७ गते बसेको संचालक समितीको बैठकले स्वतन्त्र संचालक नेत्र प्रसाद दाहाललाई नियुक्त गरेको हो ।
सोही मितिमा १७ औं वार्षिक साधारण सभाबाट बैंकको संचालक समितीमा संस्थापक समूहबाट किसन मास्के, गम्भिरमान ताण्डुकार र मेघराज श्रेष्ठलाई निर्वाचित गरेको छ ।
साथै, नवनिर्वाचित संचालक समितिको सोही दिन बसेको बैठकले किसन मास्केलाई संचालक समितिको अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ ।
वि.सं.२०७९ पुस २८ बिहीवार १३:४४ मा प्रकाशित