काठमाडौं । साता अन्तिमको कारोबार दिन शेयरबजारमा भारी गिरावट आएको छ । केही दिनयता लगातार बढेको शेयरबजारमा आज गिरावट देखिएको हो । आज बजार ४१.०२ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २१४९.४१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा कारोबार रकममा गिरावट आएको छ । उक्त दिन ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये ब्यापार सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् ।
आज नेप्सेमा सूचिकृत २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ पुस २८ बिहीवार १५:२४ मा प्रकाशित