back
NMB ad

अर्थ मन्त्रालयको खर्च कटौती गर्ने मापदण्ड तयार, के रहेछ त्यस्तो ?

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयले खर्च घटाउने मापदण्ड–२०७९ तयार गरेको छ । मन्त्रालयले चालु खर्च कम गर्न विभिन्न शीर्षकको बजेट कटौती गर्न मापदण्ड बनाएको हो ।

मन्त्रालयले बजेट निर्माणमा खट्ने कर्मचारीको भत्ता ५० प्रतिशतले कटौती गर्ने भएको छ । यसअघि बजेट निर्माणको समयमा राति काम गर्ने कर्मचारीलाई ६०० रुपैयाँ दैनिक भत्ता दिने व्यवस्था थियो । यो वर्ष बजेट निर्माणको काम गर्ने कर्मचारीले ३०० रुपैयाँ मात्र भत्ता पाउनेछन् ।

खर्च कटौती चालु आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वय गर्न गरिएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३७९ मा सरकारी निकायको चालु प्रकिृतिको प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिने उल्लेख छ ।

मन्त्रालयले अनावश्य गोष्ठी तथा कार्यक्रम नगर्ने पनि बताएको छ । मन्त्रालयमा प्रयोग हुने बोतलको पानीलाई निरुत्साहित गरी जारको पानी प्रयोग गर्न प्रोत्साहन गर्ने मापदण्डमा उल्लेख छ । खर्च कटौतीका लागि मन्त्रालयले १७ बुँदाको मापदण्ड तयार पारेको छ । त्यसमा कर्यालयले प्रयोग गर्ने हिटरदेखि विज्ञापन खर्च कटौती गर्ने उल्लेख छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १७:२२ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...