काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार सेयर बजार १३.७१ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २१६५.१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा कारोबार रकम बढेको छ । उक्त दिन ३ अर्ब ८६ करोड ४० लाख ८ हजार रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये २ वटा उपसूचकमा हरियो देखिएको छ भने अन्यमा राताम्मै भएको छ । आज नेप्सेमा सूचिकृत २५७ कम्पनीको १ कराड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार घट्दा हिमालयन हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ ।
त्यस्तै,लिव्रेटी इनर्जी कम्पनीको ७.१९ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ६.३४ प्रतिशत, ग्रिन भेन्चर्सको ५.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ माघ ९ सोमवार १५:१२ मा प्रकाशित