काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार १५.७४ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २१११.६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार रुपैंया बराबरको कारोबार भएको छ ।
उक्त दिन सबैभन्दन बढी रिडी पावर कम्पनी कारोबार भएको छ । आज कम्पनीको १९ करोड २० लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको लुम्बिनी जनरल इन्स्योरेनसको १४ करोड ३७ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन गुराँस लाइफ इन्स्योरेन्सको ७ करोड ६७ लाख ७२ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ७ करोड १० लाख ८३ हजार रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ७१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ माघ १७ मंगलवार १५:१६ मा प्रकाशित