back
NMB ad

प्रधानमन्त्री र रविबीच भेटवार्ता : आफूलाई गृहमन्त्री नबनाए आफ्नै पार्टीले पाउनुपर्ने अडान

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बिहीबार बिहान लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

लामिछानेले प्रधानमन्त्रीसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताए । जवाफमा प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीले समेत दावी रहेकाले सहमति खोजिनुपर्ने जवाफ दिएको स्रोतले जनाएको छ।

रास्वपाका अध्यक्ष लामिछानेले सरकार गठनका क्रममा आफ्नो पार्टीले गृह मन्त्रालय पाएको र विगतको सहमति बमोजिम नै बदलिदो अवस्थामा पनि सो मन्त्रालयमा आफ्नो दलको दावी कायमै रहेको बताए ।

तर,लामिछाने आफैले गृहमन्त्री पाउनुपर्ने अडानबाट भने पछि हटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन भनेपनि प्रधानमन्त्री दाहालले दोहोरो नागरिकताको विषय विवादित रहेको र अदालतको पूर्णपाठ समेत आउन बाँकी रहेकाले तत्काल त्यो संभव नभएको अडान राखेका थिए । माओवादी केन्द्रका पदाधिकारीहरूले समेत पुनः लामिछानेलाई गृहमन्त्री नबनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए ।

स्रोतका अनुसार,आफू नभएपछि आफूले भनेका व्यक्तिलाई लामिछानेले गृहमन्त्री बनाउन कसरत सुरु गरेका छन् । तर, प्रधानमन्त्री दाहालले गृहमन्त्रालय छाड्न लामिछानेलाई भनेको तर लामिछाने नमानेको बालुवाटार स्रोतले बताएका छ ।

प्रधानमन्त्री दाहालले गृहमन्त्रालय आफूले पाए रास्वपालाई कुनै अर्को मन्त्रालय दिने समेत भनेका थिए । गृहमन्त्रालय माओवादी केन्द्रले पाए माओवादीले चलाई रहेको अर्को रोज्जा मन्त्रालय रास्वपालाई दिन आफू तयार रहेको प्रधानमन्त्री दाहालले भनेका थिए ।

तर, लामिछानेले सोबारे आफू पार्टीमा छलफल गर्ने भनेर बिहीबार बिहान बालुवाटारबाट बाहिरिएका थिए । स्रोतका अनुसार,लामिछानेले बिहीबार बिहानमात्र प्रचण्डलाई दुई पटक भेटेका छन् ।

वि.सं.२०७९ माघ १९ बिहीवार १४:१४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...