back
NMB ad

विद्यार्थी लक्षित दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता

Kumari bank ad

मुकेश कुमार यादव, सिरहा । सिराहाका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । धनगढीमाई नगरपालिकाअन्तर्गतका दिवाखाजा कार्यक्रम सञ्चालन भएको विद्यालयहरुमा व्यापक अनियमितता भएको पाइएको हो।

धनगढीमाई नगरपालिका–८ इटारीस्थित कक्षा ५ सम्म पढाइ हुने  जनता आधारभूत विद्यालयको हाजिरी रजिष्ट्ररमा १२६ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले अनुगमनगर्दा ८९ जना  फेला परेको र त्यसमा १५ प्रतिशत (१३ जना) संख्या थप गरी १०२ जना विद्यार्थीको १५ रुपैयाँको दरले ९० दिनको एक लाख ३७ हजार ७०० अनियमतिता भएको पाइएको छ ।

यस विद्यालयमा ३० देखि ३५ जनामात्र विद्यार्थी उपस्थित हुने गरको स्थानीयहरु बताउँछन् ।  धनगढीमाई नगरपालिका–३ कुड्वा हनुमान नगरस्थित दलित जनजाती विद्यालय कक्षा ३ सम्म पढाई हुन्छ । विद्यालयको हाजिरी रजिष्ट्ररमा ९१ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले गरेको अनुगमनमा ७८ भेटिएको उल्लेख छ । सोही आधारमा १५ प्रतिशत थप गरेर ८४ जना विद्यार्थीको ९० दिनको लागि १५ रुपैयाँका दरले एक लाख ३४ हजार चारसय रुपैयाँ निकासा पाएको छ  । तर, गत माघ ३ गते बालकक्षासहित २५ जना विद्यार्थी उपस्थिति थिए ।

नगर भित्रका अन्य आधारभूत विद्यालयको अवस्था पनि योभन्दा फरक छैन । खाजाको रकम अनियमितता गर्ने नियतले नै प्रधानाध्यापकहरुले विद्यार्थी संख्या बढाउँदा पनि शिक्षा शाखाका कर्मचारीहरु निश्चत प्रतिशत कमिशन लिएर विद्यालयले पेस गरेकै विवरणको आधारमा सबै शिर्षकको रकम सहजै सिफारिस गर्ने गरेको आरोप छ ।

विद्यालयहरुमा दिवाखाजा तथा अन्य शिर्षकको रकम छुटा–छुटै पठाउने गरेकाले अत्यन्त न्यून रकम देखिए पनि शाखाका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकहरुले यसमा ठूलै रकमको चलखेल गर्ने गरेको नाम नखोल्ने सर्तमा एकजना अवकास प्राप्त प्रधानाध्यापकले सुनाए । उनले भने, ‘प्रत्येक विद्यालयहरुमा विर्षिक रुपमा करिव १५ वटा विद्यालय शिक्षा सुधारदेखि लिएर विभिन्न मसलन्द, नन–स्यालरी, अडिट खर्च लगायतको शिर्षकमा गरी १०० विद्यार्थीको नामांकन रहेको विद्यालयमा ५ लाखसम्म जाने गरेको छ ।’

तर, यहाँका प्रधानाध्यापकहरुले भने एक ÷दुई शिर्षकबाहेक आएको रकममा शाखाको मिलोमतोमै व्यापक भ्रष्टाचारी गर्ने गरेको उनको आरोप छ । उनले थपे, ‘प्रधानाध्यापकहरुले अहिले शिक्षा शाखाका कर्मचारीलाई नजराना नतिरे उसको बिल, भरपाई समेत फछ्र्याैट हुदैनन् । अहिले विद्यालयहरुमा शिक्षको नाममा व्यापक रुपमा भ्रष्टाचार मौलाएको देखिन्छ ।’

शिक्षा शाखाले दिवाखाजामा अनियमितता हुने महसुस गरेर परीक्षा र अन्य समयमा गरेको अनुगमनको आधारमा खाजाको रकम दिने गरेको दाबी गरेको छ । नगरले शिक्षा शाखाका लागि काजमा खटाइका प्रदिप कुमार साहले भने, ‘खाजा कार्यक्रममा अनियमितता हुने गरेको गुनासोपछि नगर शिक्षा शाखाले परीक्षा र अन्य समयमा उपस्थित विद्यार्थी संख्यालाई आधार मानेर १५ प्रतिशत संख्या थप गरी खाजाको रकम पठाउने निर्णय अनुसार गरेका छौं ।’

यसरी विद्यालयमा खाजा कार्यक्रमको नाममा हुने अनियमितताको रकम प्रधानाध्यापक हुँदै शिक्षा शाखासम्म जाने शिक्षकहरु बताउँछन् ।  नगरपालिकाले वडा नम्बर ८ स्थितको जनता माध्यामिक विद्यालय अयोध्या नगरका शिक्षक प्रदीपकुमार साहलाई शिक्षा शाखाका लागि काजमा खटाइ उनको सट्टा शिक्षक भर्ना गरी तलबभता खुवाउने गरेको स्थानीयहरु बताउँछन् ।

धनगढीमाई नगरपालिकामा ८ वटा माध्यामिक विद्यालय २५ वटा आधारभूत र ४ वटा मर्दशा गरी जम्मा ३७ वटा विद्यालय छन् । २०७८/७९ मा इमिसको आधारमा करिव १० हजारभन्दा माथि विद्यार्थीहरु अध्यनरत रहेको शिक्षा शाखाले जनाएको छ । यस पालिकामा नेपाल सरकारको इमिसको आधारमा जम्मा १९ वटा निजी विद्यालय रहे पनि जम्मा २५ वटा विद्यालय संचालनमा रहेको शाखाले जनाए ।

नगरमा रहेका जम्मा ३७ विद्यालयको लागि गत आर्थिक वर्षमा पालिकाले ७५ दिनको ६१ लाख ७१ हजार  ७०० रुपैयाँ र चालू आर्थिक वर्षमा ९० दिनको ५२ लाख २१ हजार पेस्कीबापतको रकम निकासा गरिएको जनाएको छ ।

राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरे पनि विद्यार्थी संख्या नबढेर अनियमितता बढेको पाइएको छ । पछिल्लो समय राज्यले शिक्षामा जति नै लागानी गरे पनि निगरानी बढाउन नसक्दा शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १७:३२ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...