काठमाडौं । आइतबार सुनको मूल्यमा बढोत्तरी आएको छ । उक्त दिन सुन प्रतितोला ४ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४००० रुपैयाँ र तेजावी सुन १ लाख ३५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ २९ आइतवार १०:४५ मा प्रकाशित