back
NMB ad

सहकारीमा समस्या होइन, चुनौती छ, मिलेर सामना गरौ : रजिष्ट्रार घिमिरे

Kumari bank ad

ललितपुर । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गर्नु भएको छ ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसंग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन, हाम्रा कारणले समस्या आएको होइन, भने यसलाई हाम्रो समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ, रजिष्ट्रार घिमिरेले भन्नुभयो–‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ ।’

सहकारीमा समस्या छ भन्ने कुरालाई छोडेर चुनौती छ, हामी सामना गर्छौ भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन उहाँले सहकारी अभियानकर्मीहरुलाई आव्हान गर्नु भयो ।

सहकारीको विकास र प्रवद्र्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले कानुनले राम्रो कामका लागि वाधा होइन, सहजीकरण गर्नु पर्छ । कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कार्वाही गर्न कानुन सहयोगी हुनुपर्छ ।

कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ, रजिष्ट्रार घिमिरेले भन्नुभयो ।

सहकारी ऐनमा भएका प्रावधानहरुको कार्यान्वयनका लागि सबैसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्नु भएको थियो ।

बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भैरहेका कामको बारेमा जानकारी गराउनु भएको थियो । यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता छ, सबै मिलेर बचाउ र संगै सहकारीको सुशासनका लागि प्रवद्र्धनसंगै नियमन र अनुगमनमा लागौ, अध्यक्ष उप्रेतीको भनाइ थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी बैंकको विगत, वर्तमान र आगामी योजना लगायत सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा बैंकले खेलेको भूमिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सहकारी विभागमा हालै आउनु भएका रजिष्ट्रार नमराज घिमिरेलाई बैंकको सञ्चालक समितिका तर्फबाट स्वागत गरिएको थियो । अध्यक्ष उप्रेती, निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल लगायत सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रजिष्ट्रार घिमिरे र उपरजिष्ट्रार उपाध्यायलाई स्वागत गरिएको हो ।

वि.सं.२०७९ माघ २९ आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...