काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
बैंकको ८ प्रतिशत बोनस बापतको १ करोड ३ लाख ७४ हजार ९८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो शेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १२:५७ मा प्रकाशित