back
NMB ad

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली वुधबार प्रकाशन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । त्यसपछि दाबी, विरोध, उजुरी लगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका छ ।

त्यस्तै, आयोगले १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने र १३ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।

मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते, उम्मेदवारविरुद्ध उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते र मतदान गर्ने २५ गते रहेको छ ।

उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारको मनोनयन, २७ गते उम्मेदवारको विरोधमा उजुरी, २८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २८ गते नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २८ गते दिउँसो उम्मेदवारले नाम फिर्ता लिने र २८ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत ३ गते भने मतदान उपराष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

वि.सं.२०७९ फागुन १० बुधवार ११:५८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...