back
NMB ad

ग्लोबल आइएमईको ५० लाख कित्ता डिबेन्चर बाँडफाँड

Kumari bank ad

काठमाडौं । प्रति शेयर एक हजार रुपियाँ अङ्कित दरको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” को ५० लाख कित्ता डिबेन्चरहरु बाँडफाँड गरिएको छ । मिति २०७९ माघ २९ देखि २०७९फागुन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्दा प्राप्त हुन आएको आवेदनहरु मिति २०७९फागुन १२ गते शुक्रबार बाँडफाँड गरिएको हो ।

५० लाख कित्ता मध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) कित्ता डिबेन्चर सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५ वर्ष अवधि तथा वार्षिक ११.२५ प्रतिशत व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” को ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि जम्मा २३ जना आवेदकहरुबाट ५२,१५,००० कित्ता डिबेन्चर निष्काशन गरिएको भन्दा १.७४ गुण बढी प्राप्त भएपछि समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको थियो ।

सर्वसाधारणहरुको लागि निष्काशन गरिएको १९,३०,००० कित्ता (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ७०,००० कित्ता बाहेक) डिबेन्चरको लागि जम्मा १,२६६ जना आवेदकहरुको कूल २१,३१,२९४ कित्ता डिबेन्चर रितपूर्वक प्राप्त हुन आएकोमा जारी गरिएको डिबेन्चर संख्या भन्दा १.१० गुणा बढी संख्यामा खरीदका लागि आवेदन प्राप्त भएको हुँदा २५ देखि ३,००,००० कित्ता सम्म माग गर्ने १,२६४ जना आवेदकहरुलाई एकै समूह राखी माग बमोजिम ११,३१,२९४ कित्ता र ५,००,००० कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७,९८,७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरिएको क्पापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

वि.सं.२०७९ फागुन १२ शुक्रवार १८:४९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...