back
NMB ad

१७ लाख निष्क्रिय रहेका डिम्याट खाता बन्द गरिदै

Kumari bank ad

काठमाडौं । धितोपत्र कारोबारका लागि खोलिएका करिब ५५ लाख ७३ हजार हितग्राही (डिम्याट) खातामध्ये १७ लाख निष्क्रिय रहेका छन् । यसको अर्थ ती खातामा एक कित्ता पनि सेयर छैन । सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले (प्राथमिक र दोस्रो बजारमा) अनिवार्य रुपमा डिम्याट खाता खोल्नुपर्ने व्यवस्था छ ।

प्रायः खाताहरु प्राथमिक सेयर (आईपीओ) मा लगानीका लागि खुल्ने गरेका छन् । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको थियो ।

तर पछिल्लो समय सेयर भर्नेको संख्या धेरै र आईपीओ निष्काशनको संख्या कम भएका कारण सेयर भरेका करिब आधा लगानीकर्तालाइ पनि सेयर नपरेका कारण आईपीओ भर्नेको संख्या घट्न थालेको छ ।यसकारण आईपीओ नपरेका र परे पनि तुरुन्त विक्री गरेका झण्डै १७ लाख डिम्याट खाता अहिले सेयरविहीन अवस्थामा रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

सीडीएससीका अनुसार अहिले ५५ लाख ७३ हजार डिम्याट खाता खुलेका छन् । ती मध्ये १३ लाख ५१ हजार ३ सय ७१ वटा निष्क्रिय छन् । त्यस्तै ३ लाख ८१ हजार खाता दोहोरिएका छन् भने १७ लाख ६३ हजार १ सय १३ वटा खाता सेयरविहीन छन् । सेयरविहीन डिम्याट खातामध्ये करिब चार लाख निष्कृय रहेको देखिन्छ ।

सेयर नभएका खाता र निष्कृय खाता छानविन गरी अनावश्यक तथा दोहोरिएका बन्द गर्ने तयारी भइरहेको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

‘धितोपत्र बोर्डबाट अनुमति पाएपछि निश्चित समयभन्दा धेरै निष्क्रिय रहेका डिम्याट खाता बन्द गर्ने तयारी छ,’ आचार्यले भने, ‘कारोबार नहुने निष्क्रिय खाता त्यत्तिकै रहँदा सिस्टममा चाप पर्ने भएकाले त्यसलाई हटाउन खोजेका हौं ।’

नेपाल धितोपत्र बोर्डले पनि सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्ने जनाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष डिम्याट खाता खोल्नेको संख्यामा कमी आएको सीडीएससीले जनाएको छ ।

गत वर्ष दैनिक ५ हजार ६ सय जनाका दरले डिम्याट खाता खोल्ने गरेकोमा यस वर्ष सो संख्या १ हजार २ सयमा सीमित भएको आचार्यले बताए ।

वि.सं.२०७९ फागुन २१ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...