back
NMB ad

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द

Kumari bank ad

लमजुङ । लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ ।

आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द  भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ ।

दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना गत वर्ष नै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बाँयातर्फ बेसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्‍याएको थियो । सोही ग्याबिन मर्मत तथा अन्य संरचनामा स्तरोन्नति गर्न तीन साता समय निर्धारण गरिएको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने भए पनि अहिले पनि राष्ट्रव्यापी विद्युत अभावका कारण तीन हप्तामा काम सक्ने गरी तयारी गरिएको केन्द्र प्रमुख बस्नेतको भनाइ छ ।

संरचना निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा केसी अधिकारी जेभीले संरचना मर्मत गर्न लागेको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि ११ करोड ३३ लाखमा सम्झौता भएको छ । जलविद्युत केन्द्रको सिभिल संरचना मर्मतका लागि १६ चैतदेखि ६ गतेसम्म २१ दिन विद्युत सटडाउन हुने र सो अवधिभर ड्यामका सबै ढोका खुल्ला गरिने हुँदा नदी आसपास नजान केन्द्रले अनुरोध पनि गरेको छ ।

वि.सं.२०७९ फागुन २१ आइतवार २०:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...