काठमाडौं । यति बेला चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म शुभम् पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २९१ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ८.०२ प्रतिशत र आरएसडिसी लघुवित्तको ७.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ फागुन २३ मंगलवार १३:१३ मा प्रकाशित