काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै कम्पनीले बोर्डमा आवेदन दिएको हो।
विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न फागुन १६ गते अनुमति प्रदान गरेको थियो।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ः१ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार कम्पनीले हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर बिक्रीमा ल्याउने छ। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ फागुन २३ मंगलवार १३:५७ मा प्रकाशित