काठमाडौं । नेपाल धितोपत्र बोर्ड आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरमा जान पूर्व स्विकृती प्रदान गरेको छ ।
दुबै इन्स्योरेन्स कम्पनीले फागुन ११ गते एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा पूर्व स्विकृतिका लागि संयुक्त रुपमा बोर्डमा निवेदन दिएको थियो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम पूर्व स्विकृति प्रदान गरिएको बोर्डले जानकारी दिएको छ ।
वि.सं.२०७९ फागुन २३ मंगलवार १४:२० मा प्रकाशित