back
NMB ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Kumari bank ad

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । साेमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम गरिएको छ । अघिल्लो दिन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ३९ पैसाले बढेर युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १६१ रुपैयाँ ६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६० रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ५३ पैसा कायम भएकाे थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २३ पैसा रहेकाे छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर सोमबार ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ ।

कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसामा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८८ पैसा तोकिएको छ।

वि.सं.२०७९ चैत १३ सोमवार १०:१७ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...