काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको लाभांश संशोधन भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।
लघुवित्तले पहिलो पटक प्रस्ताव गरिएको ३८.५ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले संशोधन गरी सेयरधनीलाई चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४.४५ प्रतिशत लाभांश दिने संस्थाले निर्णय गरेको थियो ।
सो लाभांशलाई पनि केन्द्रीय बैंकले संशोधन गरी संस्थाको चैत १२ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७९ चैत १३ सोमवार १०:११ मा प्रकाशित