back
NMB ad

सिटी होटलले आईपीओ बिक्री खुला गर्ने, क-कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सिटी होटलले आईपीओ बिक्री खुला गर्ने भएको छ । होटलले दुइचरण गरि आईपीओ खुला गर्न लागेको हो ।

पहिलो चरणमा सर्वसाधारण र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई यही चैत २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

जसअनुसार प्रति सेयर १०० अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गर्न लागेको छ ।

कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा सर्वसाधारण लगानीकर्ताले वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । दुवै लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

वि.सं.२०७९ चैत १३ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...