back
NMB Ad

सर्भर प्रणाली कमजाेर हुँदा कैलालीमा राहदानी फारम भर्न सकस

मोहन जोशी
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी बनाउने नागरिको संख्या बढे पनि प्रशासनले भने प्राविधिक कर्मचारी अभावको कारण देखाउँदै सीमित नागरिकको मात्रै राहदानी फारम भर्न सक्ने व्यवस्था गरेको सेवाग्राहीको गुनासो छ । सीमित मानिसको मात्रै राहदानी फारम स्वीकृत हुने अवस्थाले दिनभरी लाइनमा बसेर बेलुका निरास भएर घर फर्कनुपर्ने समस्या रहेको नागरिकको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भने सर्भरको समस्या र राहदानीका क्यामेरासहितको कम्प्युटर एक थानमात्रै उपलब्ध हुँदा समस्या भएको जनाएको छ । ‘क्यामेरासहितको कम्प्युटर प्रशासनमा एउटा मात्रै रहेको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीले भेने, ‘जसका कारण एक दिनमा धेरै मानिसको राहदानी फारम भर्न सकिएको छैन, अर्को क्यामेराको पनि व्यवस्था हुन सके र परराष्ट्र मन्त्रालयले सर्भरको क्षमता बढाइदिएको खण्डमा यो समस्या समाधान हुन सक्दथ्यो ।’

सेवाग्राहीले भने विभिन्न बाहनामा नागरिकलाई दुःख दिने काम भइरहेको बताएका छन् । ‘म चुरेबाट तीन दिनदेखि लगातार जिल्ला प्रशासन कार्यालय धाइरहेको छु,’ चुरे गाउँपालिका–५ का विमल धामीले भने, ‘तर सधैँ पालो नपुगेर फर्किनुपरेको छ। प्रशासन गम्भीर नहुँदा टाढाबाट आउने मजस्ता धेरै नागरिकले दुःख पाइरहेका छन् ।’

राहदानी बनाउन काठमाण्डौं जाँदा धेरै खर्च हुन्छ भनेर जिल्ला प्रशासनमा आएको बताउँदै उनले प्रशासनमा दैनिक धाउनु पर्दा झनै खर्च बढेको बताए । ‘स्वदेशमा रोजगारी नपाइने अवस्था भएपछि वैदेशिक रोजगारीमा जाने प्रक्रियाका लागि राहदानी बनाउने सोच बनाएको हुँ,’ धामीले भने, ‘तर राहदानी बनाउनै समय बित्न थालेको छ । प्रशासनिक काम नै छिटो छरितो नहुँदा निरासा बढेको छ ।’

चुरकै मंगल तामाङले प्रणाली सुधार गरेर जनतालाई छिटाेछरितो सेवा दिनुपर्ने बताए । ‘बिहानदेखि लाइनमा बसेका सेवाग्राही बेलुका पालो नपाएर घर फर्कने गरेका छन्,’ उनले भने, ‘बाध्यताले विदेशिने युवालाई सरकारले समयमा राहदानीसमेत दिन नसक्नु विडम्बनाको कुरा हो, यसलाई सुधार गर्नु आवश्यक छ ।’

धनगढी आसपासका नागरिकलाई एक दिन राहदानीको फारम स्वीकृत नहुँदा कुनै समस्या नहुने भए पनि टाढाबाट आउने सेवाग्राहीलाई दैनिक प्रशासन धाइरहन समस्या हुने गरेको उनले बताए । ‘चुरेबाट धनगढी आउन कम्तिमा दुई हजार दैनिक खर्च हुन्छ,’ उनले भने, ‘त्यसैमाथि एक दिनमा काम नभएको अवस्थामा  धनगढीमै बस्नुपर्ने अवस्था भएमा ५–६ हजार खर्च भइहाल्छ, विपन्न वर्गलाई त्यत्रो पैसा जुटाउन मुस्किल हुने गर्दछ । नागरिकका समस्या बुझेर प्रशासनले पनि छिटोछरितो सेवा दिन पहल गर्नु जरुरी छ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने सर्भरको समस्या र एउटा मात्रै कम्प्युटरमा क्यामरा हुँदा समस्या भएको बताएका छन् । आफू जिल्लामा आउन अघि दैनिक १५–२० जनाको मात्रै राहदानी फारम स्वीकृत हुने अवस्था रहेकोमा अहिले दैनिक ८० जना सम्मको फारम भर्न सकिने अवस्था रहेको उनले बताए ।

‘दुईजना फोटो खिच्ने जनशक्ति थप गरेर नागरिकलाई बढीभन्दा बढी सेवा दिने गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, ‘तर परराष्टको सर्भर खुल्न नै समय लाग्ने गर्दछ, जसकारण हामीले चाहेर पनि धेरैलाई सेवा प्रदान गर्न सकिरहेका छैनौं ।’

प्रशासनमा क्यामरासहितको कम्प्युटर सेट पनि एउटा मात्रै रहेको उनले बताए । एउटा कम्प्युटरबाट सेवा दिदा दैनिक ७०–८० जना भन्दा बढी सेवा ग्राहीलाई सेवा दिन नसकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताए । यदी परराष्ट्र मन्त्रालयले सर्भरको क्षमता बढाउने हो र क्यामेरासहितको कम्प्युटरको थप व्यवस्था गरेको अवस्थामा यो समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।

‘त्यसका लागि सर्भरको क्षमता बढाइनु अपरिहार्य छ,’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, ‘क्यामरासहितको कम्प्युटर पनि थप्नु पर्दछ, त्यसाे गर्नसके प्रशासनमा राहदानी फारम भर्न आउने सबै नागरिकलाई सहजै सेवा दिन सकिन्छ ।’

वि.सं.२०७९ चैत १३ सोमवार १७:१४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २५ आइतवार ०७:०१

काठमाडौं । आज फागुन २५ गते, आइतबार, सानिमा रिलायन्स लाइफ...

बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई लक्षित सम्मेलन सम्पन्न

बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई लक्षित सम्मेलन सम्पन्न

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:५५

काठमाडौं : नेपालका लागि क्याटरपिलर हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता बतास...

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म   

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म   

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:४२

इलाम : सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु...

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड   

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड   

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:३६

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र...

आजको लागि विदेशी मुद्राको विनिमयदर,  कुन देशको  कति ?    

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?    

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:२३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज २५ फाल्गुण २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज २५ फाल्गुण २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...