back
NMB ad

लुम्बिनी बिकास बैंकद्वारा टि–सर्ट तथा वाटर डिस्पेन्सर र साउण्ड सिस्टम हस्तान्तरण

Kumari bank ad

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर जिल्ला, महालक्ष्मी न. पा. वार्ड नं. ०९, लामाटार मा अवस्थित सिद्धिबिनायक कृषि बहुउद्देशीय सहकारी संस्थालाई ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदाताहरु लाई प्रोत्साहन स्वरुप ६५ थान बैंकको लोगो तथा रक्तदानको लोगो अंकित टि – सर्ट रक्तदाता तथा स्वयं–सेवकहरुलाई हस्तान्तरण गरेको छ । सो रक्तदान कार्यक्रममा ५० जना भन्दा बढि सहभागीहरुले रक्तदान गर्नुभएको थियो ।

साथै, बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं जिल्ला, नरेफाँट, जडिबुटीमा अवस्थित मनोहरा बिद्यानगर सेवा समाज अन्र्तगत सञ्चालित “जेष्ठ नागरिक दिवा मिलन केन्द्र” लाई पिउने पानी प्रयोजनको लागि १ थान वाटर डिस्पेन्सर र विभिन्न कार्यक्रम सञ्चालनार्थ १ थान साउण्ड सिस्टम सहयोग गरेको छ । सो सहयोग लुम्बिनी बिकास बैंक लिमिटेड, नरेफाँट शाखाका शाखा प्रबन्धक सुधिर कुमार कार्कीले मनोहरा बिद्यानगर सेवा समाजका अध्यक्ष रामशरण बोहोरालाई हस्तान्तरण गर्नुभयो ।

देशका ७ वटै प्रदेशमा गरी ८९ स्थानमा शाखा सञ्चालन तथा १९ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

वि.सं.२०७९ चैत २० सोमवार १७:४८ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...