काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ ७ लाख भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार सोमबार साँझसम्ममा ७ लाख ३० हजार २६७ आवेदकबाट ८२ करोड ५ लाख ५ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाइएको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरको ६.१३ गुणा बढी हुन्छ ।
कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त अवधिसम्म सबै सेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७९ चैत २० सोमवार १७:२४ मा प्रकाशित