back
NMB ad

पोखरामा ‘आलु महोत्सव’ सुरु हुँदै

Kumari bank ad

पोखरा । एघारौं संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ। पोखरा महानगरपालिका-२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ।

कोभिड-१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए। महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ।

व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि-पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए। आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन्।

किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृषियन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ।

महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकले जनाएको छ। कृषिका तीस वटा व्यावसायिक ‘स्टल’ रहनेछन्। अन्य व्यापारिक ‘स्टल’ ८० वटा रहने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

‘कृषकलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराउँछौँ’, उनले भने, ‘मुख्यगरी कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो।’

क्लबका सचिव वसन्त श्रेष्ठले महोत्सव आयोजना हुन थालेपछि हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनेको उल्लेख गरे। ‘आलुका माध्यमबाट हेम्जालाई चिनाउने हाम्रो ध्येय हो, महोत्सवले आलु गाउँका रुपमा हेम्जालाई स्थापित गरिसकेको छु, उनले भने, ‘कृषिलाई पर्यटनसँग जोड्न महोत्सवले टेवा पुर्‍याएको छ।’

महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधिलाई पनि समेटिएको आयोजकले जनाएको छ। कलाकारहरुको साङ्गीतिक प्रस्तुती, रमाइलो मेला, बाल उद्यान आदिले पनि मेलामा आकर्षण थप्नेछ।

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले हेम्जा आलुका लागि उर्बर ठाउँ भएको बताए। उनले आलु महोत्सवले व्यावसायिक कृषिको महत्व अझै बढाएको उल्लेख गरे। महोत्सवलाई किसानको हितसँग जोड्नुपर्ने प्रमुख कडरियाले बताए।

महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुँदै आएको छ। किसानले वार्षिक दस करोड बराबरको आलु उत्पादन गर्दै आएका छन्। महोत्सवले व्यावसायिक आलु खेतीतिर किसानलाई आकर्षित गरेपनि उब्जाउ जग्गा भने घट्दै गएको छ।

केही वर्षअघिसम्म चार सय ५० हेक्टरमा आलु खेती हुँदै आएको थियो। घरघडेरीका नाममा खेतीयोग्य जमिन नासिँने क्रम बढ्दो छ। गुणस्तरीय बिउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनजस्ता कारणले पनि आलुको उत्पादकत्व घट्ने गरेको कृषि विज्ञहरू बताउँछन्।

हेम्जामा ‘एम.एस.-४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातिका आलु बाली लगाउने गरिन्छ। हेम्जाका एक हजार २० घरपरिवार कृषिमा आधारित छन् भने पाँच सय ४० किसानले व्यावसायिक आलु खेती गर्छन्।

वि.सं.२०७९ चैत २० सोमवार २०:१५ मा प्रकाशित

You can share this post!

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:५१

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...