back
NMB ad

तीन दलित महिला पत्रकारहरुद्वारा महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय, यस्तो छ उद्देश्य

Kumari bank ad

काठमाडौं । दलित महिला पत्रकारहरुले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले साइकल यात्राको बारेमा जानकारी गराएका हुन् । समता मिडिया सेन्टर, राष्ट्रिय दलित पत्रकार संघ र जागरण मिडिया सेन्टरको संयुक्त पहलमा साईकल यात्रा हुन लागेको हो ।

दलित महिला पत्रकारहरु रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा र सङ्गीता नेपालीले आगामी वैशाख ५ गतेदेखि सुदुरपश्चिमको कन्चनपुरबाट यात्राको सुरुवात गर्नेछन् । उनीहरुको साईकल यात्रा १८ देखि २५ दिनको हुने बताइएको छ । झापास्थित् मेचीनगरमा पुगेर साईकल यात्रा सम्पन्न हुनेछ ।
‘दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि नेपाल सरकार, सम्बन्धित निकाय, तथा सरोकारवालाहरुको भूमिका केन्द्रित गर्न हामी महिला पत्रकारहरुले यही वैशाख ५ गतेदेखि दलित समूदायबाट प्रतिनिधित्व गर्ने हामी ३ जना महिला पत्रकारहरू ( रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा, र सङ्गीता नेपाली) ले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय गरेका छौं,’– विज्ञप्तिमा भनिएको छ ।

साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित बस्तिमा पुगेर दलित महिलाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्नेछ । साईकल यात्राले सरकार, राष्ट्रिय अर्न्तराष्ट्रिय मानव अधिकारकर्मी, नागरिक समाज, राजनीतिज्ञ, जनप्रतिनिधि र सञ्चार माध्यमको समेत ध्यानाआर्कषण गराउन सफल हुने विश्वास व्यक्त गरिएको छ ।

साईकल यात्रा जातीय छुवाछुत र भेदभावविरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समूदायलाईसमेत जागृत गराउनेमा विश्वास व्यक्त गरिएको छ । साथै, साईकल यात्री पत्रकारहरुको अनुभवसहितको ‘विभेदविरुद्ध साईकल यात्रा’ नामक स्मारीका प्रकाशन गरिनेपनि बताइएको छ । उक्त स्मारीका र प्रतिवेदन संघीय सरकारलाई बुझाईने पनि बताईएको छ ।

यात्राले दलित महिलाहरुमा सचेतना अभिबृद्धि गरि सम्पूर्ण दलित समुदायका लागि उर्जा थप्ने बताइएको छ । दलित समुदायले भोग्नुपरेको जातीय विभेद र बदलिँदो समयमा देखापरेको भेदभावको नयाँ शैलीलाईसमेत साईकल यात्राका क्रममा समीक्षा गरिने छ ।

‘दलित समुदायले भोगेको जातीय भेदभाव, बदलिँदो समयमा भेदभावको नयाँ शैलीबारे गहन रुपमा समिक्षासहित सरकारको ध्यानार्कषण गराउन हाम्रो यात्रा सफल हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । यात्राले दलित महिलाहरुमा सचेतना अभिबृद्धि गरि सम्पूर्ण दलित समुदायका लागि उर्जा थप्नेछ’,–विज्ञप्तिमा भनिएको छ ।

साईकल यात्राको क्रममा महेन्द्रनगर, धनगढी, बर्दिया, नेपालगञ्ज, दाङ, रुपन्देही, बर्दघाट, नारायणगढ, हेटौडा, इटहरी, दमकजस्ता शहरहरुमा त्यहाँका स्थानीय दलित समुदाय, प्रदेश र स्थानीय सरकारका प्रमुखहरुसंग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । साईकल यात्राले समुदायमा चेतनाको स्तर वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले साईकल यात्राको व्यवस्थापन सम्बन्धित जिल्लामा रहेको राष्ट्रिय दलित पत्रकार संघले गर्ने बताए ।

‘हाम्रो राष्ट्रिय दलित पत्रकार संघ छ । सबै जिल्लामा जिल्ला शाखाहरु छन् । जिल्ला शाखाहरुले साईकल यात्रालाई समर्थन र सहयोग गर्छ । कञ्चनपुरदेखि झापासम्म पुग्दा सबै जिल्लामा शाखा रहेका छन् । यसको सबै व्यवस्थापन सम्बन्धित जिल्ला शाखाले गर्नेछन्,’– उनले भने ।
साईकल यात्रामा पूर्व राजदूत डा. निर्मल विश्वकर्मा, होमनाथ आचार्य, विद्यार्थी नेता राजेश नेपालीलगायतले सहयोग र समर्थन गर्ने बताइएको छ ।

वि.सं.२०८० वैशाख ३ आइतवार १९:३७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...