back
NMB ad

हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

Kumari bank ad

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो ।

कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीमा गुणस्तरीयता कायम हुनुपर्ने बताउनुभयो । “कोसली घरले बिक्री गर्ने सामग्रीमा गुणस्तरको प्रत्याभूति हुनुपर्छ ।

अनि मात्रै हामीले ‘मेड इन ललितपुर’ भन्ने ट्याग लगाउनु उपयुक्त हुन्छ । गुणस्तर कायम गर्नेमा हामीले कुनै पनि सम्झौता गर्ने काम नगरौँ”, नगरप्रमुख महर्जनले भन्नुभयो, “अहिले ललितपुरमा आउने पर्यटकले बिताउने समय ज्यादै न्यून छ । उहाँहरुको बसाइ लम्ब्याउन हामीले धेरै कामहरु गर्दै आइरहेका छौँ । अबदेखि ललितपुरमा प्रवेश गर्ने पर्यटकलाई यल कोसेली घरमा एक पटक प्रवेश गर्ने व्यवस्था मिलाउने छौँ ।”

उपप्रमुख मञ्जली शाक्यले यल कोसेली घर हस्तकला सामग्री बिक्रीका लागि मात्रै नभएर व्यवयासी, हस्तकला उद्योगको प्रवर्द्धन र विकासका लागिसमेत सञ्चालनमा ल्याइएको बताउनुभयो । ललितपुर हस्तकला सङ्घका अध्यक्ष रमेश सिंहले यल कोसेली घरमा बिक्री गरिने सामानको रेखदेख र गुणस्तर जाँचको जिम्मेवारी सङ्घले गर्ने बताउँदै गुणस्तरमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर जिल्लास्थित सरकारी कार्यालयहरुले प्रदान गर्ने उपहार तथा मायाको चिनोका लागि यल कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीहरु प्रयोग गर्न आग्रह गर्नुभयो । ललितपुर महनगरपालिकाले हरेक शुक्रबार र शनिबार महानगरपालिका परिसरमा स्थानीय हस्तकला सामग्रीहरुको बिक्री बढाउन मेला सञ्चालन गर्दै आइरहेको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १४:३४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...