काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज बजार २.७१ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको हो ।
उक्त दिन सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८१ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको २ करोड ९९ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नबील बैकको २ करोड १५ लाख ३२ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १ करोड ८९ लाख रुपैयाँ र हिमालयन डिस्टीलरीको १ करोड ६८ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० वैशाख ११ सोमवार १५:१३ मा प्रकाशित