काठमाडौं । आज जेठ ३ गते बुधबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला ११०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो कारोबार दिन जेठ २ गते मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५५० रुपैंयामा कारोबार भएको थियो । चाँदी १ हजार ३७५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० जेठ ३ बुधवार १०:३७ मा प्रकाशित