back
NMB ad

मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण   

Kumari bank ad

मनाङ, १० जेठ । हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् ।

नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, तीन सय ४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन तीन सय ३२, युनाइटेड किङडम –युएस) का दुई सय दुई, युनाइटेड स्टेटस (युएस)का एक सय ९५, जर्मनीका एक सय ७७, अष्ट्रेलियाका एक सय ७३, भारतका एक सय २९, नेदरल्यान्डका एक सय २९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङ भ्रमण गरेका छन् । “विगतमा कोभिड–१९ को सङ्क्रमण र बाढीपहिराको जोखिमले गर्दा पर्यटकको आवागमन ठप्प रहेकामा अहिले चलायमान भएको छ”, प्रमुख गौतमले भन्नुभयो ।

कोभिड–१९ को सङ्क्रमणपश्चात् सहज बनेको जनजीवनले गर्दा अहिले विश्वका पर्यटक नेपाल आउने क्रम जारी छ । विभिन्न देशका नागरिक नेपाल भित्रिने क्रममा विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । विश्वकै जोखिम पदमार्गका रुपमा परिचित यहाँ यात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताउनुभयो ।

विगतमा एक पनि मनाङको जोखिम स्थलमा भ्रमण आउने पर्यटकलाई समस्या हुने गरेको थियो । अहिले बर्सात समय सुरुआत भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको गौतमले बताउनुभयो ।

“पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले गाइड बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।”

गाइड भएपछि सूचना पाउन सहज भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा गाइडको सहयोग हुने हुँदा सहज हुने गरेको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । केही समयअगाडि मात्रै मनाङ पर्यटकको आवागमन बढेसँगै होटल पाउन सकस भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत बढी हुने गरेको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् ।

वि.सं.२०८० जेठ १० बुधवार १३:१० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...