काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६०१ रूपैयाँ ६७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६४९ रुपैंया ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० जेठ १० बुधवार १६:०५ मा प्रकाशित