काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ९.८० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ४२८ रूपैयाँ ५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४७० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० जेठ १० बुधवार १६:३७ मा प्रकाशित