back
NMB ad

पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड

Kumari bank ad

काठमाडौं, १२ जेठ । नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड दिएका छन् । उनीहरुले सम्पदाको संरक्षण र पुनःनिर्माणलाई अन्य क्षेत्रको विकास र संरक्षण भन्दा फरक ढंगले हेर्नु पर्ने बताएका छन् ।

नेपाल सम्पदा संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरुले नेपाल सम्पदाहरुको देश र काठमाण्डौ उपत्यका सम्पदा नै सम्पदाले भरिएको स्थान भएकोले यसको पहिचान जोगाउन सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरुको संरक्षण आवश्यक भएको बताउनु भयो । पछिल्लो समय सम्पदाहरु बिग्रिदै गएकोमा चिन्ता व्यक्त गर्दै मेयर मर्हजनले देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभयो । ‘सम्पदाको विषय अन्य विकासको अवधारणा भन्दा फरक विषय हो ।

यसको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहको सरकारले सोही अनुरुप सोच्न आवश्यक छ । यदी त्यसो गरिएन भने सम्पदा नाश हुने सम्भावना रहन्छ । ’ उहाँले भन्नु भयो ।
यस्तै नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामुहिक पहल र प्रतिवद्दता आवश्यक रहेको बताउनु भयो । सम्पदाहरु मावन समाजको साझा सम्पत्ती भएको उल्लेख गर्दै उहाँले पूर्खाले छोडेर गएका सम्पदारुपी नासोलाई संरक्षण गरि भावी सन्ततीलाई हस्तान्तरण गर्नु पर्ने बताउनु भयो ।

‘नेपालको आर्थिक विकासको लागि पर्यटनको विकास आवश्यक छ । पर्यटनको विकासको लागि सम्पदा संरक्षणको झन ठलो महत्व छ । त्यसैले नेपालको पर्यटनको लागि सबैले मिलेर नेपालका सम्पदाको संरक्षणमा लाग्न जरुरी छ । ’ उहाँले भन्नुभयो ।

यस्तै नेपाल सम्पदा संघका उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संघले विश्व सम्पदा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सम्पदा संरषणको लागि जनचेतना आवश्यक भएको बताउनु भयो ।

कार्यक्रमका अवसरमा सम्पदा संरक्षणको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको संघका महासचिव प्रकाश दर्नालले जानकारी दिनुभयो । संघले विश्व सम्पदा दिवस २०२३ का अवसरमा २०२३ को अप्रिल १८ तारिखमा विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम आयोजना गरेको संघका सदस्य विजय प्रधानले जानकारी दिनुभयो ।

वि.सं.२०८० जेठ १२ शुक्रवार ०९:३८ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...