काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा पेस गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति जेठ २९ गते अन्तिम दिन रहेको छ ।
वि.सं.२०८० जेठ २२ सोमवार १०:५४ मा प्रकाशित