काठमाडौं, २२ जेठ । प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट डलर भित्र्याउने भएको छ । बैंकले लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त गरेको हो ।
विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ ।
उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ । ‘यो रकम विद्युतीय गाडि आयात र त्यसको फाइनान्समा खर्च हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘अन्य एजेन्सीसँग पनि वित्तीय स्रोतको रूपमा ऋण ल्याउनेगरी छलफल भइरहेको छ ।’
वि.सं.२०८० जेठ २२ सोमवार ११:०४ मा प्रकाशित