काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार ४.६८ अंकले बढेर १९३२ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा बढोत्तरी आउँदा यूनिक नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० अंकले बढेको हो । त्यसैगरी, खप्तड लघुवित्तको सेयर मूल्य ८.०२ प्रतिशतले बढेको छ । स्वावलम्बन लघुवित्तको सेयर मूल्य ५.९६ प्रतिशतले बढेको छ ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको ५.४२ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ५.१७ प्रतिशतले सेयर मूल्य बढेको छ।
वि.सं.२०८० जेठ २४ बुधवार १५:०७ मा प्रकाशित