काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार ४।६८ अंकले बढेर १९३२ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । आज कम्पनीको १० करोड १३ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको ८ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नागरिक लगानी कोषको ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, नेपाल दुरसंचार कम्पनीको ६ करोड ५२ लाख ९० हजार रुपैयाँ र आइजीआई प्रुडेन्सियलको ५ करोड ६७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० जेठ २४ बुधवार १५:१५ मा प्रकाशित