काठमाडौ । बुधबार सेयर बजारमा सामान्य अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार ४।६८ अंकले बढेर १९३२ को विन्दुमा कायम हुन पुगेको हो ।
उक्त दिन २ अर्ब ३६ करोड ८८ लाख १५ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको आठ वटा उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा सुधार आउँदा आज सिद्धार्थ इक्विटी फण्डको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ४.३५ प्रतिशतले घटेको छ । त्यस्तै, सराइज फोस्कर्ड इक्विटी फण्डको ३.८२ प्रतिशत, मनकामना स्मार्ट लघुुवित्तको ३.६५ प्रतिशत, एनआएबिएल ग्रोथ फण्डको ३.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० जेठ २४ बुधवार १५:३१ मा प्रकाशित