back
NMB Ad

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड गरिएको हो। बिहान ९ बजे एफपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन्।

यो एफपीओमा सदरमध्ये १३ लाख १७ हजार ७४५ आवेदकको हात खाली भएको छ। युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो।

यो एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ।

प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ।

युनिक नेपाल लघुवित्तको वेबसाइट  : https://uniquenepalmicrofinance.com.np/

मुक्तिनाथ क्यापिटलको वेबसाइट  : https://muktinathcapital.com

सिडीएससीको मेरोशेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट : http://iporesult.cdsc.com.np/

वि.सं.२०८० जेठ २५ बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...