back
NMB ad

आइएमई लाइफको प्रिमियममा आइपिओ खरिद गर्दा नाफा कि घाटा ? सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर पक्का

Kumari bank ad

काठमाडौं, २९ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गर्न लागेको आईपिओ यही असार १ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ । लाइफले प्रिमियममा आइपिओ निष्काशन गरे पछि न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन सजिलै २५ प्रतिशत बोनस शेयर दिन सक्ने देखिएको छ ।

सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता शेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ । प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ । तर आयकर ऐनले विगतमा प्रिमियममा शेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ ।

यदि कर भुक्तानी गर्नु परेका खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्ड ३९ करोड रुपैया तिर्नु पर्छ । यसो हुने वित्तीकै कम्पनी सँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुनेछ ।

आइपिओ निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस शेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्ब भन्दा माथि रकम रहेको छ ।

प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस शेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस शेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ ।

प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा शेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस शेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै शेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता शेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । उसले पहिलो वर्ष २५ प्रतिशतका दरले २५ कित्ता बोनस शेयर प्राप्त गर्यो ।

अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको शेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक शेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस शेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस शेयर बिक्री भए पछि प्राथमिक शेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ ।

यदि भोलिका दिनमा बढ्दो बजारमा शेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्नेदेखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस शेयर दिने भए पछि कम्पनीको शेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहनेछ । विगत ५/६ वर्षदेखिको मुनाफा जगेडा कोषमा सञ्चित हुँदै आएको हुँदा आगामी वर्षमा शेयरधनीहरुले राम्रै लाभांश पाउने सम्भावना उत्तीकै छ ।

वि.सं.२०८० जेठ २९ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...